६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

नयाँ बजेट ल्याउने अर्थमन्त्रीको घोषणा

अर्थमन्त्री जनार्दन शर्माले नयाँ बजेट ल्याउने घोषणा गरेका छन्। मंगलबारको प्रतिनिधिसभामा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई प्रतिस्थापन गर्दै नयाँ बजेट ल्याउने घोषणा गरेका हुन्।  

देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी गराउँदै अर्थमन्त्री शर्माले भने, 'अध्यादेशलाई सत्ता सहयात्री दलहरुबीचको साझा न्यूनतम कार्यक्रम, वर्तमान सरकारको नीति र प्राथमिकता, जनचाहना तथा कोभिड १९ महामारीको कारण सिर्जित चुनौती समेतको सम्बोधन हुने गरी सुधार गर्न छिट्टै नै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नेछु।'

मुलुकको सीमित स्रोत साधनको अनुचित, अपारदर्शी र स्वार्थ प्रेरित दोहन हुने तथा स्वेच्छाचारिताले प्रोत्साहन पाउने अवस्था र आधार तयार भएको जनाउँदै उनले अध्यादेशकै माध्यमबाट बजेट लगायतका विविध विषयमा कानुनी बन्दोबस्त गरिने हो भने जनप्रतिनिधिमूलक शासन व्यवस्थाको कुनै सार्थकता वा प्रयोजन नरहने बताए।

प्रकाशित: २६ श्रावण २०७८ १०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App