६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

मेगा लोकप्रिय बचत खातामा निःशुल्क सिम कार्डसहितको सुविधा

मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले आकर्षक विशेषताहरु समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन्।  

‘शून्य मौज्दात” मा नै खोल्न सकिने यस ‘मेगा लोकप्रिय बचत खाता’ मा ग्राहकहरुले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधाहरु सहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन्। बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधाहरु दिन तथा साथी भाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकहरुलाई यो अफर ल्याएको हो।

मेगा बैंक र एनसेलको यो सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित: २४ श्रावण २०७८ १२:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App