१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

जबर्जस्ती हटाए अदालत जाने शाक्यको चेतावनी

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई जबर्जस्ती बर्खास्त गरे अदालत जाने चेतावनी दिएका छन्। ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले राजीनामा दिन भनेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरी शाक्यले यस्तो चेतावनी दिएका हुन्।  

मन्त्री भुसालले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर शाक्यलाई राजीनामा दिन भनेकी थिइन्। सरकारले दण्डित गरेर नभई आवश्यकताको आधारमा उचित स्थानमा सरुवा गरे जान तयार रहेको पनि कार्यकारी निर्देशक शाक्यले बताए।  

‘सरकारले वैकल्पिक बाटो दिएको खण्डमा शिरोधार्य गर्न तयार छु,’ उनले भने, ‘विगतमा मैले कागतीलाई लेमनेट बनाएको छु। त्यसैले राम्रो अवसर दिएको खण्डमा जुनसुकै ठाउँमा पनि गरेर देखाउन सक्छु्।’ शाक्यले आफूलाई कसैले पनि राजीनामा दिन नभनेको दाबी गरेका छन्।  

पत्रकार सम्मेलनमा शाक्यले दण्डित गरेर जबर्जस्ती हटाएको खण्डमा न्यायिक उपचार खोज्ने बताए। शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेको ६–७ महिनामा कोभिड–१९ को बाबजुद राम्रो काम गरेको दाबी गरे। कोभिड–१९ बीच पनि विगतको भन्दा विश्वसनीय बिजुली आपूर्ति गरिरहेको उनको दाबी छ। विद्युत् चुहावट प्रभावकारी ढंगले नियन्त्रण गर्न नसकेको स्वीकार्दै उनले यसको दोष कोभिड–१९ लाई दिए। उनका अनुसार अघिल्लो वर्ष ४० पटक सिस्टम कोल्याप्स भएकोमा गत आर्थिक वर्षमा ३४ पटक मात्रै भएको थियो। कार्यकारी निर्देशक शाक्यले आफूले प्राधिकरणको नेतृत्व सम्हालेपछि माथिल्लो तामाकोसी आयोजनालाई बिजुली उत्पादन गर्न सक्ने अवस्थामा ल्याएको बताए। ‘मैले नेतृत्व सम्हाल्दा तामाकोसी आयोजनामा समस्या कायमै थियो। 

प्रकाशित: २१ श्रावण २०७८ ०२:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App