१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

एयरलाइन्सले टिकेटिङमा अनियमितता गरे कारवाही हुने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एयरलाइन्सले टिकेटिङमा अनियमितता गरेको जानकारी भएमा कारवाही गरिने जनाएको छ।  

यदि एयरलाइन्सले टिकेटिङमा अनियमिता गरेको जानकारी भए मन्त्रालयको इमेल वा नेपाल नागरिक उड्डयन प्राधिकरणको इमेलमा प्रमाणसहित पठाएमा त्यस्तो व्यक्ति वा संस्थालाई नियमानुसार कारवाही प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता मन्त्रालयले जनाएको छ।      

कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख २३ देखि जेठ १७ सम्म अन्तरराष्ट्रिय तथा राष्ट्रिय उडान स्थगन गरेको छ। एयर बबल सम्झौताअन्तर्गत रहेर स्वास्थ्य मापदण्ड पालना हुने गरी काठमाडौँबाट भारतको नयाँ दिल्लीसम्म सातामा दुई उडान सञ्चालन भइरहेको मन्त्रालयले जनाएको छ।

यसै क्रममा विभिन्न देशबाट पर्वतारोहण, पर्यटन र  कूटनीतिक प्रयोजनका लागि नेपालमा आएर रोकिएका यात्रुलाई गन्तव्य स्थानमा बहिर्गमन गर्नका लागि भारत, युरोपेली सङ्घ, अमेरिका, रुसलगायत नेपालस्थित राजदूतावासबाट अनुरोध गरिएअनुसार प्रस्थानका लागि उडान अनुमति प्रदान गरिएको बताइएको छ। रासस

प्रकाशित: ६ जेष्ठ २०७८ ०७:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App