६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

अखाद्य वस्तुका ६८ कारोबारी कारवाहीमा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मापदण्ड विपरीतका खाद्य वस्तु आयात, उत्पादन र बिक्री गर्ने ४२ फर्ममाथि करबाही गरेको छ । थप २६ खाद्य उद्योगविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।

गैरकानुनी रूपमा नेपालमा बिक्री वितरणका लागि भारतबाट भित्र्याउन लागिएका डेढ दर्जन खाद्यवस्तु आयातमा रोक लगाएको विभागले जनाएको छ । कतिपय वस्तु जफत गरेर नष्ट गरिएको विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले बताए । ‘१७ आयातकर्ताले ल्याउन लागेका वस्तु अखाद्य भएपछि रोक लगाइएको छ,’ धितालले भने, ‘लेबल नभएका र न्यून गुणस्तरका वस्तु आयातमा रोक लगाएका छौं ।’ बदाम, चामल, मसला, मैदा, बेसनलगायत खाद्यवस्तु गुणस्तरहीन भएपछि आयातमा रोक लगाएको हो ।

विभागका महानिर्देशक उपेन्द्र रायले अखाद्य वस्तु उत्पादन गर्ने २५ उद्योगको उत्पादनमा रोक लगाएको जानकारी दिए । खाद्य ऐन तथा खाद्य नियमावली प्रतिकूल हुने गरी कारोबार गर्ने उद्योगी, व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको उनले बताए ।  विभागले खाने तेल, दूध, खाद्य उद्योग, पानी उद्योगमाथि कारबाही गरेको हो । २५ उद्योगको उत्पादन रोकेर सिलबन्दी गरेको छ । विभाग र मातहतका निकायले अनुगमन गर्ने क्रममा कैफियत भेटिएपछि कारवाही गरिएको हो । अदालतमा मुद्दा दायर गरिएकामा पिउने पानीका पाँच, खानेतेलका तीन, दानाका दुई, चाउचाउका दुई, मिठाइका दुई लगायत घिउ, दही, चामल, सस, काजु, किसमिस, बियर उद्योग छन् । विभागले बजारमा संकलन गरेका सात सय ६० वटा नमूनामा २६ वटा नमूना प्रतिकूल भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रकाशित: १७ मंसिर २०७७ ०५:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App