१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

कोरोनाको जोखिममै दैनिक ३ करोड रेमिट्यान्स

न्यू धौलागिरी सहकारीमा रेमिट्यान्स आएका सर्वसाधारण । वित्तिय संस्थाले भिडभाड कम गर्ने गरी ब्यवस्था मिलाएको छ । तस्बिर: हरिकृष्ण गौतम

कोरोनाले विश्वकै अर्थतन्त्र तहसनहस बनाइरहेको अवस्थामा म्याग्दीमा दशैंलाई लक्षित दैनिक ३ करोडभन्दा बढी रेमिट्यान्सको कारोबार भएको छ । कोरोना संक्रमणको जोखिमले लामो समयसम्म सुनसान जस्तै बनेको सदरमुकाम बेनी सहित जिल्लाका ब्यापारिक केन्द्रमा विदेशमा भएका आफन्तले पठाएको चाडपर्व खर्च लिन आउनेको भिड लागेको हो । विगतका वर्षको तुलनामा कोरोनाको जोखिमले सर्वसाधारणको कम भिड भएपनि रेमिट्यान्स वितरण उत्साहजनक नै रहेको गरिमा विकास बैंक म्याग्दी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले बताए ।  

‘भिडभाड कम देखिएपनि कारोबारमा ठूलो फरक छैन्,‘यसवर्ष चाडपर्व अगाडी नै रेमिट्यान्सको कारोबार सुरु भयो’ प्रबन्धक ढुंगानाले भने । उनले कोरोना संक्रमणको जोखिमका कारण सर्वसाधारणले असोजको दोस्रो सातादेखि नै रेमिट्यान्स लिएर गएकाले विगतका बर्षजस्तै भिडभाड नभएको बताए । गरिमाले सदरमुकाम बेनी सहित जिल्लाका ४ वटा शाखाबाट कात्तिक महिनाको पहिलो सातामात्रै दैनिक ५०  लाखसम्म रेमिट्यान्स भुक्तानी गरेको छ । यसवर्ष दशै विदामै वित्तिय संस्था बन्द हुने भएकाले अन्तिम समयमा भुक्तानी लिन आउनेको संख्या बढेपनि करिब ३० प्रतिशतले असर गरेको न्यू धौलागिरी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक हरिप्रसाद पौडेलले जनाकारी दिए ।  

‘भिडभाड नभई कारोबार भयो,‘सम्रगमा अपेक्षा गरे अनुसारको गिरावट आएन’ उनले भने । वित्तिय संस्थामा भिडभाडसँगै जनस्वास्थ्यको मापदण्डको पालना गरी मास्क, सेनिटाईजरको प्रयोग र सम्भव भएसम्म भौतिक दुरीलाई समेत ख्याल गरिएको थियो । पछिल्लो तीनदिन सामान्य अवस्था भन्दा चार गुणा बढेको वित्तिय संस्थाले जनाएको छ। दशैंतिहारलाई लक्षित गरी पठाएको रेमिट्यान्स लिन सदरमुकाम बेनी सहित जिल्लाका अन्य ब्यापारिक केन्द्रमा दैनिक रेमिट्यान्स लिन आउनेको भीड लागेको थियो । विश्वका विभिन्न देशमा रहेका म्याग्दीबासीले परिवारलाई खानपिन, लत्ताकपडा सहित घरायसी खर्चलाई लक्षित गरी २० हजार देखी ३ लाखसम्म रेमिट्यान्स पठाउने गरेका छन् ।सदरमुकाम बेनी बाहेक जिल्लाका ६ वटै स्थानीय तहमा रहेका वित्तिय संस्थामार्फत रेमिट्यान्स भुक्तानी हुने गरेको छ ।  

कोरोनाको जोखिमका कारण रोजगारी गुमेपछि भारत बाहेक तेस्रो मुलुकबाट म्याग्दीमा ७ सय ३६ जना फिर्ता भएका छन् । रोजगारी गुमेर फर्किनेमा अधिकांस खाडीमुलुककै छन् । जिल्लामा साक राष्ट्रका साथै यूरोप, अमेरिका सहित खाडीमुलकबाट रेमिट्यान्स भित्रिने गरेकोमा करिव ७० प्रतिशत रेमिट्यान्सको हिस्सा खाडीमुलुक रहेको छ। खाडीमुलुकबाट भित्रिने रेमिट्यान्स घरायसी खर्चमै सिमित हुने गरेको समेत सेवाप्रदायक संस्थाले जनाएका छन् ।

यसैबीच यसबर्ष बजारमा अपेक्षा गरे अनुसारको कारोबार भएन् । पैसा निकाल्न आएका सर्वसाधारणले विगतमा जस्तै किनमेलमा खर्च नगरेको ब्यापारीको भनाई छ ।

प्रकाशित: ६ कार्तिक २०७७ १३:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App