५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

लकडाउनका कारण मूल्य दोब्बर भएपछि चल्ला तस्करी बढ्यो

कृष्णगनरमा बरामद गरिएको चल्ला नष्ट गरिदै ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सुरक्षाकर्मीले ध्यान केन्द्रित गरी रहेको बेला कपिलवस्तुमा भने चल्ला तस्करी बढेको छ । कोरोना भाइरसका कारण जारी लकडाउनको फाइदा उठाउँदै तस्करहरू माैलाएका छन्। लकडाउनका कारण नेपालमा बाेइलर कुखुराको उत्पादन घटेकाले मुल्य दोब्बर बढेको छ । माग अनुसार जिल्लामा आपूर्ती हुन नसकेपछि तस्करहरू चल्ला र कुखुरा तस्करी गरी जिल्ला भित्र्याउने गरेका छन्।

व्यापारीका अनुसार अहिले कपिलवस्तुमा बाेईलर कुखुराको मासु प्रति किलो पाँच सय रुपैया पुगेको छ । यस्तै चल्लाको मूल्य पनि दोब्बर भएको छ । बढी फाइदा कमाउने भएपछि तस्करहरूले भारतका बिभिन्न स्थानबाट चल्ला तथा कुखुरा भित्र्याउने थालेका हुन्। तस्करहरूले भरिया लगाएर साइर्कल र मोटरसाईकलमा चल्ला र कुखुरा भित्र्याउने गरेका छन्। ९३ किलो मिटरको सीमा क्षेत्रका प्रहरी जेकजाँच नहुने खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले चल्ला ल्याउने गरेका पाइएकाे छ ।  

‘जिल्लामा चल्ला र कुखराको मासु अभाव छ त्यसैले तस्करहरू अहिले सक्रिय भएका छन्’, एक व्यापारीले भने, ‘रातारात बिभिन्न नाकाबाट छिराएर कुखुरा र चल्ला ल्याउने गरेका छन्।’ कतिपय स्थानमा त प्रहरी कै मिलेमतोमा चल्ला र कुखरा आउने गरेकाे उनको दाबी छ । अक्कल झुक्कल चल्ला र कुखुराहरू पक्राउ गरिएपनि तस्करी संलग्न मान्छेलाई भने छाडिने गरिएको उनी बताउँछन् । यसै बिच भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको अन्दाजी तीन हजार सात सय ५० चल्ला कृष्णगनर नगरपालिका–१२ हरिगबाबाट प्रहरीले बरामद गरेको छ । 

२५ वटा काुर्टनमा ल्याउँदै गरको चल्लालाई पक्राउ गर्न खोजे पछि तस्करहरू भने फरार भएका थिए । अनुमानित मुल्य दुई लाख ८१ हजार दुई सय ५० रुपैयाँ सम्म पर्ने चल्ला ईलाका प्रहरी कार्यालय कृष्णनगरमा नष्ट गरिएको प्रहरी निरीक्षक प्रताव पौडेलले बताए । सुराकीको आधारमा चल्ला पक्राउ गरिएको उनले बताए । प्रहरी नायब उपरीक्षक सुनिल मल्ले अहिले सिामा नाकामा काडाई गरिएकाले तस्कारी घटेको दाबी गरे । ‘हामीले तस्कारी नियन्त्रणकालागि सिमा नाकामा निग्रानी बढाएका छौ’, उनले भने ।

प्रकाशित: ७ असार २०७७ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App