१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

तस्बिरमा बिहानीपखको रारा

कात्तिक– अहिले रारा घुम्न आउने आन्तरिक पर्यटकको घुइँचो छ। यो समयमा दैनिक पाँचसयदेखि एक हजारसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका छन्।   

बाह्य पर्यटक भन्दा रारा आन्तरिक पर्यटकको चाप बढ्दो क्रममा छ। रारा एकपटक पुग्नै पर्छ भन्ने मान्यता आन्तिरक पर्यटकमा छ। राराको बिहानीपखको सुन्दरताले पर्यटक झनै आकर्षित हुने गर्छछन्।

कर्णाली प्रदेशको प्रमूख पर्यटकीय गन्तव्य रारा हो। राराले दिनमा तीन पटक रुप बदल्छ। विहानपख खैरो देखिने राराको रङ, दिउँसो बैजनी बन्छ। अनि साँझ पर्न थालेपछि निलो आकाश र राराको रङ उस्तै देखिन्छ।

समुद्र सतहदेखि २९ सय ९० मिटर उचाइमा रहेको राराको ५ किलोमिटर लम्बाई, ३ किलोमिटर मिटर चौडाइ र १ सय ६७ मिटर गहिराई रहेको छ।

 

 

प्रकाशित: २१ कार्तिक २०७६ ०७:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App