१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भ्याट प्रणाली फिर्ता नलिए आन्दोलन गर्ने ट्रक व्यवसायी चेतावनी

फाइल फोटो

बुटवल– प्रदेश नं. ५ का ट्रक व्यवसायीहरुले सरकारले लागु गर्न खोजेको ढुवानीमा  भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने बताएका छन्।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश ५ ले रुपन्देहीको नयाँमिलमा  गरेको प्रदेश भेलामा बोल्ने व्यवसायीले ढुवानीमा भ्याट प्रणाली लागु हुनै नदिने बताएका हुन्।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले ढुवानी व्यवसायीको पेशा नै संकटमा पार्ने गरि सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा लागु हुन नदिने बताए। आवश्यक संरचना र तयारी बिनै लागु गर्ने भनिएको प्रणाली विरुद्ध जस्तो सुकै आन्दोलन गर्न परेपनि महासंघ पछि नहटने अध्यक्ष श्रेष्ठले चेतावनी दिए।

 भेलामा वोल्दै अध्यक्ष श्रेष्ठले २०७१ साल पछि ढुवानीमा भाडा समायोजन नभएकाले समय सापेक्ष भाडा समायोजन गर्न पनि सरकारसंग माग गरे। सरकार र यातायात व्यवसायी बीच भएको तौलपुल कार्यविधी कार्यान्वयन नहुदाँ व्यवसायी संस्थाले गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको र ओभरलोड नियन्त्रण हुन नसक्दा सडकको अवस्था जिर्ण बन्दै गएको बताए।

तौलपुल कार्यविधि कार्यान्वयनको माग
रुपन्देहीका ट्रक व्यवसायीहरुले तौलपुल कार्यविधि कडाइकासाथ लागु गर्न माग गरेका छन। नेपाल ट्रक यातायात व्यबसायी महासंघले भारतीय ओभरलोडका मालबाहक गाडीहरु निर्वाध रुपमा नेपालमा सञ्चालन गरिएको भन्दै त्यसलाइ नियन्त्रण गर्न सरकारसंग माग गरेको हो।

भारतीय मालबाहक गाडीहरु निर्वाधरुपमा ओभरलोड बोकेर नेपाल भित्रने गरेको र त्यसकै कारण सडक बिग्रिनुका सागै नेपालका ट्रक व्यवसायी काम बिहिन हुनु परेको भन्दै ओभरलोड कन्ट्रोल गर्न महासंघले माग गरेको हो। 

महासंघको बुटवलमा बसेको बैठकले तौलपुल कार्यबिधि अनुसार नेपाली तथा भारतीय गाडीहरु सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसंग माग गरेको छ।

महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलको अध्यक्षतामा बसेको बैठकमा सहभागि पदाधिकारी तथा सदस्यहरुले भारतीय ओभरलोड गाडीका कारण नेपाली व्यबसायीको पेशा संकटमा परेको बताउँदै ओभरलोड नियन्त्रणकालागि महासंघले पहलकदमी उठाउनु पर्ने सुझाव दिएका थिए । 

 

प्रकाशित: १७ कार्तिक २०७६ ०८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App