१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

आइएमई–पे र आइसिएफसीबीच सम्झौता

काठमाडौं – आइएमई ग्रुपद्धारा प्रवर्द्धित आइएमई–पे र आइसिएफसी फाइनान्सबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौता भएको छ। यो सम्झौतापछि आइसिएफसी फाइनान्सका खातावाहक सेवाग्राहीहरूले खाताको पैसा आइएमई डिजिटलमा रकमान्तर गर्न र आइएमई–पे मार्फत् विभिन्न सेवाहरूको भुक्तानी गर्न सक्नेछन्।

आइएमई–पेका तर्फबाट सञ्चालक खीलेन्द्र पौडेल र आइसिएफसी फाइनान्सका तर्फबाट सामान्य सेवा विभाग प्रमुख सञ्जय थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरे।

‘आइएमई–पे’ आइएमई ग्रुपअन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो। यसले ‘आइएमई–पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ।

प्रकाशित: ११ असार २०७६ ०८:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App