१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नु पर्छ : पण्डित

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तह पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका छन। नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकी राजदूतावासको संयुक्त आयोजना बिहीवारबाट सुरु भएको स्थानीय सरकारका पदाधिकारीका लागि संघीय शुसासन सम्बन्धी चार दिने तालिम उद्घाटन कार्यक्रममा यस्तो धारणा राखेका हुन्। मन्त्री पण्डितले निजी क्षेत्र, स्थानीय जनता र स्थानीय निकाय बीच समन्वय र सहकार्य गरेर स्थानीय सरकारको प्रभावकारीता बढाउनु पर्ने बताए। पण्डितले विकासप्रति जनताका इच्छा आकांक्षा पूरा गर्ने दायित्व स्थानीय सरकारको भएको बताए। आफ्ना हरेक योजना र निर्णयमा स्थानीय जनतालाई साथ लिएर अघि बढ्नु पर्ने बताए।

कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको बताइन्। विगतमा स्थानीय जनप्रतिनिधि समेत नरहेको अवस्थामा निजी क्षेत्रले आम नेपालीस“ग जोडिएर कार्य गरेको स्मरण गर्दै स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताइन्। नीतिगत सुधार, पूर्वाधार विकास, करमैत्री वातावरण र सुशासन आर्थिक विकासका प्रमुख आधार भएकाले स्थानीय सरकारले यसमा आफूलाई दृढ राख्नु पर्ने धारणा राखिन्।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी रुपमा सहयोग पु¥याउने उद्देश्यले महासंघस“गको सहकार्यमा शुसासन सम्बन्धी कार्यक्रम सञ्चालन गरेको बताए। सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने जानकारी दिए। ‘दैनिक सरकार संचालनमा महत्वपूर्ण र सहयोगी हुने विश्वास लिएका छौं,’ उनले भने। कार्यक्रममा प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिव ५० जना जनप्रतिनिधिको सहभागिता छ। कार्यक्रममा अमेरिकाको मेरील्याण्डका डेपुटी मेयर रोन (किरण) सिटौला, प्रेम दवाडी र राधा शर्मा आचार्यले सहजीकरण गरेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७६ ०३:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App