१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

श्रमिक अधिकारमा काम गर्दा सम्मान

काठमाडौं – श्रमिक अधिकारको क्षेत्रमा काम गरेबापत एकजना नेपालीलाई कतार सरकारले सम्मान गरेको छ। कतारमा रहेर नेपाली श्रमिकको पक्षमा काम गरेबापत ललितपुरका रमजान अलि मियालाई कतार सरकारको गृह मन्त्रालयले सम्मान गरेको हो।

कतारमा कार्यरत आप्रवासी नेपालीलाई बेला बखतमा आइपरेको समस्या समाधानमा कानुनी एवं अन्य सहयोग गरेको भन्दै उनलाई सम्मान गरेको हो। कतारी गृह मन्त्रालय अन्तर्गतको जनसम्पर्क विभागका प्रमुख ब्रिगेडियर अब्दुल्लाह खलिफा अल मुफ्ताहले आइतबार आयोजित एक कार्यक्रममा मियालाई सम्मानपत्र हस्तान्तरण गरेका थिए। मियाले कतारको श्रम ऐन नेपाली भाषामा अनुवाद गरेको, कतार–नेपाल सम्बन्धलाई सुदृढ बनाउन भूमिका खेलेको मन्त्रालयको भनाइ छ।

डेढ दशकदेखि कतारमा रहेका मियाले नेपाली कामदारका लागि काम लाग्ने कतार सरकारका विभिन्न डकुमेन्ट नेपाली भाषामा अनुवाद गरी प्रकाशित गर्ने, कतार सरकारले संशोधन गरेको श्रम ऐन र श्रमिक अधिकारसम्बन्धी पुस्तक तथा अन्य उपयोगी सूचना र जानकारीमूलक सामग्रीलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशन गर्दै आएका छन्।

मियाले अनुवाद गरेका कतारी श्रम ऐन र श्रमिक अधिकारसम्बन्धी पुस्तक काठमाडौंस्थित कतारी दूतावासले समेत प्रकाशित गरेको छ। मध्यपूर्वी देशमा काम गर्न जाने नेपालीलाई अरबी भाषा सिक्न सजिलो होस् भनेर उनले अरबी गुरु नामको पुस्तक पनि प्रकाशित गरेका छन्। मियालाई कतारको राष्ट्रिय मानव अधिकार कमिटीले नेपाली समुदायको संयोजक समेत बताएको छ।

प्रकाशित: २४ वैशाख २०७६ ००:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App