११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपाल चेम्बर– थाइ उद्योग सम्झौता

काठमाडाैं - नेपाल चेम्बर अफ कमर्श र थाइ उद्योग महासंघबीच द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि गर्नेबारे सम्झौंता भएको छ । 

सोमबार बैंककमा भएको सम्झौंतामा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ र थाइ उद्योग महासंघका अध्यक्ष सुपान्त मोङकोलोस्थ्रीले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपालले आयातमा आधारित अर्थतन्त्रलाई परिवर्तन गर्न चाहेको बताउँदै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको बताए। 

‘हामी आयातमूखी अर्थतन्त्रमा छौं। तर यसलाई परिवर्तन गर्न प्रविधिसहितको लगानी चाहिरहेका छौं’, उनले भने, ’त्यसका लागि थाइल्याण्डले खाद्यान्न सम्वन्धि उद्योग, तयारी पोशाक क्षेत्रको अनुभव नेपालका लागि उपयोगी हुनेछ।’ 

श्रेष्ठले नेपाल भारत र चीनजस्तो ठूलो जनसंख्या भएको देशको बीचमा रहेको बताउँदै त्यसबाट लगानीकर्ताले राम्रो प्रतिफल पाउने बताए। ‘नेपालबाट ३० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि हुने वस्तुमा भारतमा शुन्य भन्सारमा निकासी हुन पाउँछ। चीनमा पनि चार हजारभन्दा बढी बस्तु शुन्य भन्सार दरमा निकासी हुन पाउने सुविधा छ’ श्रेष्ठले भने, ’यूरोपेली मुलुकमा समेत शुन्य भन्सारमा सामान निकासी गर्न सकिन्छ।’ 

उनले नेपाल भूपरिवेष्ठित मुलुक भएपनि पछिल्लो समयमा ट्रान्जिटलागत घट्दो क्रममा रहेको बताउँदै विस्तारै पूर्वाधार क्षेत्रमा समेत लगानी भएकाले सामान विश्वबजारमा प्रतिस्पर्धी हुन थालेको बताएका थिए।  थाइ उद्योग महासंघका अध्यक्ष मोङकोलोस्थ्रीले नेपाल चेम्बर अफ कमर्ससँग सम्वन्ध स्थापित गर्न पाएकोमा खुशी व्यक्त गर्दै द्धिपक्षीय व्यापार तथा लगानी विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गरेका थिए। 

 

प्रकाशित: २ पुस २०७५ १२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App