१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अग्नि इनर्जीको पोर्टेबल जेनेरेटर बजारमा

काठमाडौं – अग्नि इनर्जीले महिन्द्राको पाँच केभिए क्षमताको पोर्टेबल जेनेरेटर बजारमा ल्याएको छ। तीन लाख ७५ हजार रुपैयाँ मूल्यको ‘पोर्टेबल डिजल जेनसेट’ घरदेखि साना उद्योगसम्मका लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

नेपालका दुर्गमदेखि सुगम क्षेत्रमा सञ्चालित साना होटल र उद्योगलाई विद्युतीय ब्याकअप दिने उद्देश्यले कम्पनीले पाँच केभिएको जेनरेटर ल्याइएको जारी विज्ञप्तिमा उल्लेख छ।

कमन रेल डिजल ‘सिआरडी’ इन्जिन प्रविधियुक्त जेनेरेटरले अरुको तुलनामा इन्धन गर्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार वातावण प्रदूषण न्यून गर्नेछ।

कम्पनीले ७.५ केभिएदेखि दुई सय केभिएसम्मको जेनेरेटरमध्ये पाँच केभिए, दुई सय ५० केभिए र तीन सय ३० केभिएका जेनरेटर नयाँ ल्याएको कम्पनीले जनाएको छ। दुई सय १० किलो तौलको यो पोर्टेबल जेनेरेटरमा १५ लिटर डिजल अट्ने फ्युल ट्यांक छ।

प्रकाशित: १३ मंसिर २०७५ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App