१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नबिल बैंकले ल्यायाे घातक राेग तथा मृत्यु लाभ वीमा याेजना

काठमाडाैं - नबिल बैंकले आफ्ना ग्राहकका लागि घातक रोग तथा मृत्यु लाभ वीमा योजना ल्याएको छ। यो योजना व्यक्तिगत बचत खाता (Saving Accounts) का ग्राहकको हितलाई मध्यनजर गर्दै ल्याइएको बैंकले जानकारी दिएको छ। योजना आइतबार देखि लागु भएको हो।

मेटलाईफ वीमा कम्पनीसँगको सहकार्यमा बैंकले रु ३ लाखको घातक रोग बीमा तथा ७५ हजारको मृत्यु लाभ वीमा ल्याइएको बैंकले जानकारी दिएको छ। बैंकका तर्फबाट डेपुटि जेनरल मेनेजर रमेश प्रसाद लोहनी र वीमा कम्पनीका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रामकुमार यादवले योजनामा सम्झाैता गरेका हुन्। बैंकले दैनिक मौज्दात रु २५ हजार वा सो भन्दा बढी राख्ने जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातावालाहरुलाई विभिन्न १३ प्रकारका घातक रोगको उपचारार्थ ३ लाख बराबरको वीमा गरेको जानकारी दिएको छ।

 

प्रकाशित: ९ मंसिर २०७५ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App