१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ओमले दियो स्कुललाई सामग्री

काठमाडौं – ओम डेभलपमेन्ट बैंकले पोखरा–३, नदीपुरस्थित बालमन्दिर माध्यमिक विद्यालयलाई भौतिक सामग्री प्रदान गरेको छ। विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रकिशोर बास्तोला र प्रधानाध्यापक सुशील बस्नेतलाई प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीले उक्त सामग्री हस्तान्तरण गरेका हुन्।

सो विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी १३ सय विद्यार्थी अध्ययनरत छन्। बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ–संस्थालाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २१ आश्विन २०७५ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App