१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

१ डलरको भाउ ११३ रुपैयाँ ४९ पैसा

काठमाडौ– निरन्तर बढ्दै गएको डलरको मुल्य शुक्रबार ११३ रुपैयाँ ४९ पैसा पुगेको छ।

नेपाल राष्ट्रबैंक  विदेशी विनिमय विभागले तोकेको डलरको याे बिक्रीदर हालसम्मकै उच्च हो। विहीबार यो दर ११३ रुपैयाँ २५ पैसा थियो।

डलरको तुलनमा भारतीय मुद्रा कमजोर बन्दै गएकाले त्यसको असर नेपाली मुद्रा अवमुल्यनमा पनि परेको हो। अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएको र डलरको माग उच्च हुँदै जाँदा डलर मंहगिएको हो। अमेरिकाले ब्यापारमा संरक्षणबादी नीति अख्तियार गर्दै आएको छ।

अमेरिकाले विश्वभर छरिएको अमेरिकी पुँजी स्वदेशमै आकर्षित गर्न विभिन्न प्रयास गरिरहेको छ। आजमात्रै राष्ट्रपति डोनाल्ट ट्रम्पले अमेरिकी अर्थतन्त्रलाई अझै संरक्षणमूखी बनाउने ध्येयले विश्व व्यापारसँगठनको सदस्यता नै त्याग्ने चेतावनी दिएका छन्।  

 

प्रकाशित: १५ भाद्र २०७५ ०७:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App