१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दोहोरो अंकले घट्यो शेयर बजार: सूचक तीन वर्षयताकै न्यून

काठमाडौं - गत साता रु ९१ करोडको मात्रै कारोवारमा भएको शेयर बजार यस साताको पहिलो दिन नै दोहोरो अंकले घटेको छ। आजको गिरावट पछि परिसूचक तीन वर्ष यताकै न्यून भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार १६.६९ बिन्दुले घटेर नेप्से परिसूचक एक हजार १६३.९४ बिन्दुमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक ३.४३ बिन्दुले घटेर २४५.७० बिन्दुमा ओर्लेको छ।

स्टकका अनुसार अाइतवार कूल १६२ कम्पनीको सात लाख ८१ हजार ५६० कित्ता शेयर रु २५ करोड दुई लाख २६ हजार ४९१ मूल्यमा खरिद बिक्री भएको छ। दुई उपमूहको शेयर मात्रै उकालो लागेको बजारमा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ। व्यापार २.११ र होटल उपसमूह ६.७३ बिन्दुले बढेको छ। 

यस्तै बैंकिङ ११.८७, विकास बैंक १३.२२,जलविद्युत् २१.१९, वित्त ३.५९, निर्जीवन बीमा १०५.७४, उत्पादन ६३.५८, अन्य ४.७२,माइक्रोफाइनान्स ३१.५३ र जीवन बीमा १९३.३७ बिन्दुले ओरालो लागेको। रासस

प्रकाशित: २७ श्रावण २०७५ १२:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App