१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घान्द्रुकमा माछापुच्छ्रेको शाखारहित बैंकिङ

काठमाडौं – माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा शाखारहित बै‌किङ सेवा सुरु गरेको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा उक्त सेवा सुरु गरेको हो।

यो सहित माछापुच्छ्रे बैंकको शाखारहित बै‌किङ सेवा संख्या १९ पुगेको छ। बैंकले ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ।

बैंकले नेपालमै पहिलोपटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ। यस्तै चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ वैशाख २०७५ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App