४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जग्गा प्राप्ति विद्युत् प्रसारण लाइनको अहिलेको मुख्य समस्या: शक्ति बस्नेत

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले जग्गा प्राप्ति विद्युत् प्रसारण लाइनको अहिलेको समस्या भएको बताएका छन् ।

आइतबार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्व उर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो कुरा बताएका हुन । उनले जग्गा प्राप्ति अप्ठ्यारो विषय रहेको बताए । उनले विद्युत् प्रसारण लाइनका लागि आवश्यक जग्गा प्राप्तिमा सहजीकरण नगरी निजी क्षेत्रले तत्कालै प्रसारण लाइन बनाइहाल्ने अवस्था नरहेको धारणा राखे । नेता बस्नेतले नयाँ विद्युत् उत्पादनमा निजी सरकारी मोडालिटी आवश्यक रहेको बताए। 

सरकार र कन्ट्रक्शनमै पार्टनरसिप हुन सके सहजता हुने उल्लेख गरे । उपभोगबाट धेरै भएको बिजुली बेच्नुपर्ने भन्दै आन्तरिक खपतको क्षमता बढाउन आवश्यक रहेको बताए ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेतले जलाशययुक्त आयोजनका लागि राज्यले केही न केही व्यवस्था गर्नुपर्ने सुझाव दिए । 

प्रकाशित: ११ भाद्र २०८१ १४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App