१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपालको पर्यटन विकासमा सघाउँछौं : बंगाली मन्त्री

 

काठमाडौं – बंगलादेशका पर्यटन मन्त्री शाहजहान कमालले नेपालको पर्यटन विकास र प्रवर्द्धनमा सक्दो सहयोग गर्ने बताएका छन्।

नेपाल पर्यटन बोर्डसहित विभिन्न होटल तथा ट्राभल कम्पनी सहभागी  बंगलादेशको राजधानी ढाकामा आयोजना गरिएको ‘ढाका ट्राभल मार्ट’ उदघाटनमा मन्त्री कमालले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस–बांगला एयरलाइन्सको जहाज दुर्घटनामा नेपालले गरेको सहयोगप्रति आभार व्यक्त गरे।

उक्त मार्टमा सहभागिताले नेपालको पर्यटन प्रतिबद्धता अझ स्पष्ट भएको पर्यटन बोर्डले जनाएको छ। ‘नेपालको सहयोग उदाहरणीय थियो,’ बंगलादेशी पर्यटन मन्त्री कमालले भने, ‘अब सहयोग गर्ने पालो हाम्रो हो । दुई देशको पर्यटन विकासका लागि यो मार्ट राम्रो माध्यम भएको छ । त्यसकारण द्विपक्षीय पर्यटन विकास र प्रवर्द्धनका लागि सहयोग र सहकार्य गर्न तयार छौं ।’बंगलादेश मनिटरको आयोजनामा भएको उक्त मार्टमा पाँचवटा पेभेलियनमा ६० स्टल रहेका थिए । मार्टमा नेपाल र आयोजक राष्ट्र बंगलादेश लगायत देश, नेपाल पर्यटन बोर्ड जस्ता राष्ट्रिय पर्यटन संस्था, ट्राभल तथा टुर अपरेटर, होटल, वायुसेवा कम्पनीलगायत सहभागी थिए।

‘नेपाली स्टलमा आएका अधिकांश बंगलादेशीले नेपालमा रहेका पर्यटन गन्तव्य, त्यहाँ पुग्ने माध्यम र मार्ग र नेपाल प्रवेशमा आवश्यक भिसा प्रक्रियाबारे जानकारी मागेका थिए,’ पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले भने, ‘उनीहरूमा नेपालप्रति असिम माया प्रष्ट देखिन्थ्यो । हामीले उनीहरूलाई  नेपालका विभिन्न सम्पदा तथा पर्यटन गन्तव्यका पोस्टर, नक्सा, कार्ड ड्राइभ लगायतका सामग्री वितराण ग¥यौं । त्यसबाहेक नेपाल भ्रमणमा जान अग्रिम भिसा नचाहिने र भिसा शुल्क पनि नपर्ने जानकारी दिएपछि उनीहरू थप खुसी भएका थिए।’

पर्यटन बोर्डका अनुसार तीन दिनसम्म सञ्चालन भएको उक्त मार्ट १० हजारले अवलोकन गरेका थिए भने अधिकांश दर्शक नेपाल स्टलमा आएका थिए । नेपाली स्टललाई नेपालका विविध सम्पदाका तस्बिरले सजाइएको थियो भने बोर्डले निर्माण गरेको प्रवद्र्धनात्मक भिडियो देखाइएको थियो।मार्ट पर्यटन बोर्डसहित पाँचतारे होटल अन्नपुर्ण, कुटी रिसोर्ट, बि लाइन ट्राभल्स, सराओगी ट्राभल्स, सिलिंक ट्राभल्स, अलसिजन एडभेन्चर र रेगुलस ट्रेक्स सहभागी थिए । बोर्डका वरिष्ठ प्रबन्धक मणिराज लामिछाने र वरिष्ठ अधिकृत सुवेदी मार्टमा सहभागी थिए ।
 

 

 

 

प्रकाशित: १६ चैत्र २०७४ ०१:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App