४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसङद्वारा नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु

सामसङले नेपाली ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म सुरु गरेको छ । नेपाली ओलम्पिक खेलाडीहरूलाई समर्थन देखाउँदै सामसङ नेपालले यस्तो प्लेटफर्म सुरु गरेको हो।  

यस प्लेटफर्मले पेरिस ओलम्पिकको आफ्नो गौरव जित्ने यात्रामा रहेका नेपाली खेलाडीहरूलाई प्रोत्साहित गर्ने कम्पनीको विश्वास छ । जसअनुसार खेलकुद प्रशंसकहरू र शुभचिन्तकहरूबाट व्यक्तिगत सन्देशहरू पठाउने सेवा सामसङले वेबसाइटबाट प्रदान गरेको छ।

वेबसाइटमार्फत फ्यानहरूले आफ्नो मन पर्ने खेलाडीलाई आफ्नो टेक्स्ट मेसेज पठाउन सक्नेछन् । यी सन्देश खेलाडीहरूले पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्न जानुअघि उनीहरूलाई पढ्नको लागि उपलब्ध गराइने सामसङले जनाएको छ।  

यसका लागि www.samsungplaza.com.np/olympics भिजिट गर्न सकिने कम्पनीले जनाएको छ। 

प्रकाशित: ७ श्रावण २०८१ १७:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App