१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकका ग्राहकलाई अस्पतालको सेवामा छुट

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सेवा दिन पोखराको पृथ्वीचोकमा रहेको दीर्घायु पोखरा अस्पतालसँग व्यावसायिक सम्झौता गरेको छ।

सम्झौता पश्चात् बैंकका ग्राहकले अस्पतालको अपरेसन, प्रयोगशाला, एक्स–रे, औषधी लगायतका विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको जनाएको छ।

प्रकाशित: १७ जेष्ठ २०८१ ०७:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App