६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुनको मूल्यमा १ लाख ३९ हजारको नयाँ रेकर्ड

स्थानीय बजारमा सुनको मूल्यले फेरी नयाँ रेकर्ड बनाएको छ।

शुक्रबार नेपाली बजारमा सुन (छापावाल) को मूल्य प्रतितोला एक लाख ३९ हजार रूपैयाँ पुगेको छ।

बिहीबार एक लाख ३६ हजार ६ सय रूपैयाँमा कारोबार भएको सुन शुक्रबार एक लाख ३९ हजार रूपैयाँ पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन भने प्रतितोला एक लाख ३८ हजार तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य भने प्रतितोला एक हजार सात सय ५० रूपैयाँ पुगेको महासंघले जनाएको छ। 

प्रकाशित: ३० चैत्र २०८० १२:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App