५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच सम्झौता

प्रभु बैंक र गण्डकी ट्याक्सी व्यवसायीबीच नगदरहित भुक्तानी प्रणालीको सहकार्य सम्बन्धमा सम्झौता भएको छ।

गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध भएका ट्याक्सी व्यावसायीहरूको प्रभु बैंकमा रहेको खाताबाट सहज रूपमा रकम झिक्न, खाताको जानकारी मोवाइल एप्लिकेसनबाटै प्राप्त गर्न, विभिन्न बैंक/वित्त तथा अन्य गेट–वेमार्फत रकमान्तर तथा भुक्तानी गर्न, महसुल तथा शुल्क भुक्तानी गर्न, सार्वजनिक यातायातमा हुने भुक्तानीलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउन बैंकसँग सम्झौता भएको हो। बैंकको तर्फबाट प्रदेश प्रमुख अधिकृत राजु राना मगर तथा गण्डकी ट्याक्सी व्यवसायीको तर्फबाट अध्यक्ष गान्धिराज गिरीले सम्झौतामा हस्ताक्षर गरेका छन्।

यसै क्रममा गण्डकी ट्याक्सी व्यवसायमा आबद्ध १५० भन्दा बढी ट्याक्सी चालकका लागि बैंकको तर्फबाट क्युआर, डेबिट कार्ड तथा डिजिटल सचेतनासँग सम्बन्धित सामग्रीसमेत उपलब्ध गराइएको छ।

प्रकाशित: २३ चैत्र २०८० ०९:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App