६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

‘महालेखापरीक्षकमा रायाको सिफारिस सुशासन विरुद्ध’

ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालले महालेखापरीक्षक तोयम रायाको नियुक्तिका लागि गरिएको सिफारिसमाथि प्रश्न उठाएको छ। टीआई नेपालले विज्ञप्ति जारी गर्दै रायालाई महालेखा परीक्षकमा नियुक्ति गरियो भने लेखापरीक्षणका क्रममा स्वार्थ बाझिने र सुशासनमा खलल पुग्न सक्ने भन्दै संस्थाको ध्यान आकृष्ट भएका जनाएको छ।

रायाले मुलुकको अर्थसचिव, उपराष्ट्रपतिको कार्यालयमा सचिवका रूपमा कार्य गरिसकेको र हाल राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीका रूपमा कार्यरत रहेको उल्लेख गर्दै टीआई नेपालले उनको नियुक्तिले स्वार्थको द्वन्द्व आउने सक्ने भएकाले सचेत रहनसमेत आग्रह गरेको छ।

‘संवैधानिक परिषद्को यस सिफारिसबाट तोयम रायाले आफ्नै काम कारबाही र आफ्नै जिम्मेवारीमा रहेको आर्थिक कारोबारको लेखापरीक्षण आफैंले गर्नु लेखापरीक्षणसम्बन्धी स्वतन्त्रताको सिद्धान्तले नमिल्ने र सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा गम्भीर खलल पर्ने समेत स्पष्टै छ’, टीआई नेपालको विज्ञप्तिमा भनिएको छ।

संसदीय सुनुवाइ समितिले स्वार्थको द्वन्द्व नहुने, लेखापरीक्षणको स्वतन्त्रता कायम रहने र सुशासनमा सघाउ पुग्ने अवस्था सुनिश्चित गर्न पनि टीआई–नेपालले ध्यानाकर्षण गराएको छ।

प्रकाशित: २२ चैत्र २०८० ०७:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App