६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारणसभा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

यसै क्रममा बैंकले आर्थिक वर्ष २०७९-८० मा बैंकले तीन अर्ब ७२ करोड रूपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ।

आर्थिक वर्ष २०७८-०७९ मा साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रूपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रूपैयाँले वृद्धि भई आर्थिक वर्ष २०७९-८० को अन्त्यमा बैंकको निक्षेप तीन खर्ब ६० अर्ब रूपैयाँ पुगेको बैंकले जनाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०७९-८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम तीन खर्ब १२ अर्ब रूपैयाँ कायम रहेको र अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रूपैयाँ रहेको बैंकले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८० ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App