७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

भारत–नेपाल लोक शिल्प मेला

भारत–नेपाल लोक शिल्प मेला– २०२४ सम्पन्न भएको छ। मार्च २८ देखि अप्रिल १ सम्म आयोजना भएको लोक शिल्प मेला दक्षिण एसिया फाउन्डेसन (एसएफ)को पहलमा भएको हो।

एसएफले शिल्पमा आधारित द्विपक्षीय सम्बन्ध प्रोत्साहन गर्ने र भारत–नेपाल बीचको शिल्प र संस्कृतिको आदानप्रदान कार्यलाई बढावा दिने अपेक्षा राखिएको छ।

ठमेलको छायाँ सेन्टरमा सम्पन्न मेलामा व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमोस्ट्रेसन, डिजाइन वर्कसप, नेपाल र भारतका लोक कला र शिल्प र साथमा वारणासीको आकर्षक शिल्पसमेत आकर्षणको रूपमा रहेको आयोजकले जनाएको छ।

प्रकाशित: २१ चैत्र २०८० १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App