६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

सुन्थराली विमानस्थलमा परीक्षण उडान सफल

कालिकोटको सुनथराली विमानस्थलको परीक्षण उडान सफल भएको छ। आइतबार प्राविधिक टोलीसहित नेपालगञ्जबाट उडेको तारा एयरको जहाजले सुनथराली विमानस्थलको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्टले बताए।

२०४२ सालमा निर्माण कार्य सुरु गरिएको सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण कार्य सम्पन्न भएको थियो।

विमानस्थल उद्घाटनका लागि यसअघि तीनपटक समय तोकिए पनि विभिन्न कारणले उद्घाटन हुन नसकेको नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदिप बोहोराले बताए।

भोलि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा विमानस्थल उद्घाटन गर्ने तयारी भइरहेको छ।

२०४२ सालमा तत्कालीन जिल्ला विकास समिति कालीकोटले एक लाख रकम विनियोजन गरेपछि विमानस्थल निर्माण सुरुवात भएको थियो।

प्रकाशित: १३ फाल्गुन २०८० १२:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App