४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटी एक्सप्रेस मनी ट्रान्सफरको उपहार हस्तान्तरण

सिटी एक्सप्रेस मनी ट्रान्सफरले मेरियोट होटलमा ‘विदेशबाट सिटी पठाऔं, पठाएको भन्दा १० गुणा बढी पाऔं’ योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

योजनाअन्तर्गत मेगा बम्पर उपहार साउदी अरबबाट रेमिट्यान्स पठाउने राजु तामाङलाई पाँच लाख ३० हजार ७५० रूपैयाँ र कोरियाबाट रेमिट्यान्स पठाउने सुवास लिम्बूलाई एक लाख रूपैयाँ हस्तान्तरण गरिएको छ।

मनी ट्रान्सफरले गत असोज १५ गतेदेखि मङ्सिर १५ गतेसम्म चल्ने गरी दशैं, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने गरी उपहार योजना घोषणा गरेको थियो।

प्रकाशित: ११ फाल्गुन २०८० ११:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App