सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले असहाय व्यक्तिहरूलाई सहयोग गरेको छ। कम्पनीले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेकालाई एक लाख रूपैयाँ बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले ती सामग्री हस्तान्तरण गरेका छन्। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले पाँच ओटा कृत्रिम खुट्टा र तीन ओटा कृत्रिम हातहरू प्रदान गरेको हो।
प्रकाशित: १० फाल्गुन २०८० ०९:१८ बिहीबार