६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दुई नयाँ शाखा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंमा दुई वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले काठमाडौं महानगरपालिका ३१ मा शंखमुल शाखा र वडा २९ मा अनामनगर शाखा सञ्चालनमा ल्याएको हो। यी दुई शाखासमेत गरी बैंकको शाखा संख्या २६४ पुगेको छ। नयाँ शाखाहरूबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका छन्। सिइओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिइने बताए।

प्रकाशित: ५ माघ २०८० ०२:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App