१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

गभर्नर अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदै

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै बिहीवार दायर भएको रिट निवेदनमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो।

अधिवक्ता दीपकराज जोशी लगायत चार जनाले गभर्नर हुन अधिकारीको शैक्षिक योग्यता नपुग्ने दावीसहित रिट निवेदन दर्ता गरेका हुन्।

रिट निवेदकले उनको आधारभूत शैक्षिक योग्यता नेपाल राष्ट्र बैँक ऐन, २०५८ बमोजिम नभएको जिकीर गर्दै नियुक्ति बदरको माग गरेका छन्।

प्रकाशित: १३ पुस २०८० ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App