५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

संसदीय समितिले हवाई उडान कालोसूचिमा परेकोबारे छलफल गर्न नेपाल एयरलाई बोलाउने

संसदीय समितिले नेपालको हवाई उडान युरोपियन युनियन (इयु) को कालो सूचिबाट हटाउने विस्तृत कार्ययोजनाबारे नेपाल वायुसेवा निगमसँग छलफल गर्ने भएको छ।

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आईतवार सिंहदरवारमा बसेको बैठकले सो सम्बन्धि छलफल गर्नका लागि पुस ५ गते निगम पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो।

निगम पदाधिकारीहरुले आज समितिको बैठकमा गरेको प्रारम्भिक बिफ्रिङ चित्तबुझ्दो नभएकाले पुनः छलफल गर्नका लागि पुस ५ गतेको बैठक  बोलाइएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए। निगमले नेपालको हवाई उडानलाई इयूको कालोसूचिबाट हटाउने सम्बन्धि विस्तृत योजना ल्याउनुपर्ने समितिको निष्कर्ष छ। निगमले नेपाल नागरिक उडड्यन प्राधिकरण र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई दोष लगाउने भन्दा पनि आफूले जिम्मेवार ढंगले कार्ययोजना पेश गर्नुपर्ने बताए।

सभापति यादवले भने, ‘मन्त्रालय र क्यानको पार्ट हामी उनीहरुसँगै सोध्छौं। तपाई आफ्नो पार्टमा जुन तपाईको काम हो। त्यसको तयारी गरिसकेपछि हामी क्यान र मन्त्रालयलाईसँगै राखेर अब कसरी जाने भनेर सोध्छौं। तर अब तपाईहरुको पार्टबाट त तयारी गर्नुप¥यो नि। आफ्नो पार्टबाट गर्नुपर्ने काम त गर्नुप¥यो नि भन्ने कुरा हो। त्यसैले विषयहरु उठान भएको छ। अव खासगरी इयुको सवालमा मलाई लाग्छ–सम्माननीय प्रधानमन्त्रीजीले पनि चासो राख्नुभएको छ। उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले ज्ञापनपत्र बुझाएको र अन्तर्राष्ट्रिय रुपमा चाँही नेपालको बेइजत हुने स्थितिमा पुगेको। जसरी अहिले कुरा आयो नि नेपाल एयरलाईन्स सिंगल बोडी हो। अरु पनि जोडिएको हो।’

प्रकाशित: २ पुस २०८० ०९:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App