१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

विदेशी मुद्राले साढे १३ महिनाको आयात धान्ने, सञ्चिति १७ अर्ब पुग्यो

विदेशी विनिमय सञ्चितिमा उल्लेख्य सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति करिब १७ खर्ब रुपैयाँ बराबर पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार पोहोरको तुलनामा चालु आवको कात्तिकसम्म १६ खर्ब ९६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ थियो। यो पोहोरको भन्दा १०.२ प्रतिशतले बढी हो। अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ७५ करोड पुगेको छ। गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ८.९ प्रतिशतले वृद्धि भएको हो। 

चालु आव २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३।६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ। कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत रहेका छन्। २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका थिए।

प्रकाशित: २८ मंसिर २०८० १३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App