१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

मंसिर २८ देखि हस्तकला व्यापार मेला हुँदै

मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौँको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुन लागेको हो।आज सोमवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले भएको बताएको छ। 

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत गरिने बताए । उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहना अनुरूप वस्तु डिजाइन गर्ने रहेको बताए। 

उनले मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बिच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताए।उनले मेलामा महासंघको १ करोड बढी खर्च हुने बताए। उनले अहिलेको अवस्थामा मेला आयोजना गर्न चुनौती रहेको बताए।

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने कार्यक्रम रहेको छ। मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कूटनैतिक नियोगका राजदूतहरूको समेत उपस्थित रहने बताइएको छ।

मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन्। मेलामापाकिस्तान,बङ्गलादेशका व्यवसायीहरुको समेत स्टल रहनेछ। त्यस्तै हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र,द्वितीय हुनेलाई ३० हजार र तृतीय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ। 

प्रकाशित: २५ मंसिर २०८० १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App