११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महानगरले तोकेको स्टलबाट फूल बेच्दा घर फर्किने भाडासम्म छैन: फूल व्यवसायी

काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्।

काठमाडौं महानगरपालिकाले काठमाडौँको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीको लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको छ।

तर सो स्थानमा फूल बिक्री गरिरहेका किसानहरूले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्।

भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरूप बिक्री हुन नसकेको बताएका हुन्।व्यापारी मंगेश लिम्बूले आफूहरू मर्कामा परेको बताए। फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उनले बताए।

त्यस्तै काभ्रे कोसीपारिबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल किन्न ग्राहक नआएको दुखेसो गरे।उनले गाडी भाडा समेत नउठेको बताए।

त्यस्तै ओखलढुङ्गाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र विष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे । उनले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको उनले बताए।

उनले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताए।

प्रकाशित: २७ कार्तिक २०८० ०९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App