१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सूर्य नेपाल सबैभन्दा ठूलो करदाता, व्यक्तिगत तर्फ सिद्धार्थ सम्शेर राणा

काठमाडौं— सूर्य नेपाल प्रालि दोस्रो पटक देशको सबैभन्दा बढी कर तिर्ने करदाता कम्पनीको रुपमा दर्ज भएको छ। आन्तरिक राजस्व विभागले छैठौं राष्ट्रिय कर दिवसको अवसरमा आर्थिक वर्ष २०७३/७४ मा पनि सबैभन्दा बढी कर तिर्ने कम्पनीको रुपमा सूर्य नेपाललाई सम्मानित गरेको हो।
सूर्य नेपाल अघिल्लो वर्ष पनि सबैभन्दा कर तिर्ने कम्पनीको सूचीमा थियो।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले सूर्य नेपालका सञ्चालक रवी केसीलाई सम्मान गरे। विभागले कर दिवसको अवसरमा सूर्य नेपालसहित विभिन्न १५ वटा बिधामा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो।

व्यक्तिगत  आयकर मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा व्यवसायी सिद्धार्थ सम्शेर राणा सम्मानित भएका छन्। राणाले व्यक्तिगत आयकर तर्फ लगातार तीन वर्षदेखि सबैभन्दा धेरै कर तिर्दै आएका छन्। राणा ट्रेडिङ, होटल, उर्जा, ट्राभललगयात विभिन्न व्यवसायमा छन् ।

निर्यातकर्ताहरु मध्ये सबैभन्दा बढी आयकर तिर्ने करदाता भर्सेन्ड टेक्नोलोजी प्रालि, विशेष उद्योग मध्ये हिमाल पावर लिमिटेड, कृषि एवं पशुपन्छीजन्य उद्योग मध्ये राष्ट्रि बीउ बिजन कम्पनी लिमिटेड, बैंक वित्तीय संस्था तथा लघुवित्त मध्ये सबैभन्दा बढि आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएका छन्। त्यसैगरी बढी आयकर तिर्नेमा बीमा व्यवसाय मध्ये नेपाल पर्नुबीमा कम्पनी लिमिटेड, स्वास्थ्य तथा शिक्षा सेवा मध्ये त्रियोग उच्च माध्यामिक विद्यालय प्रालि, सूचना प्रविधि सेवामा वल्र्डलिंक कम्युनिकेशन प्रालि, पर्यटनमा टाइगर टप्स प्रालि, व्यापार व्यवसायमा सिप्रदी ट्रेडिङ रहेका छन्।

साना करदाता (वार्षिक पाँच करोडसम्म कारोबार मध्ये) डाक्टर उपेन्द्र देवकोटा, मझौला करदाता(वािर्षक पाँच करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबार मध्ये) गोर्खा डेभलमेन्ट बैंक नेपाल लिमिटेड, २०७४मा मूल्य अभिवृद्धि करमा दर्ता भै समयमा कर बुझाउने करदाता मध्ये पवन कुमार इन्टरनेशनल सम्मानित भएका हुन्। राजस्व विभागले उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरेको थियो । ‘हाम्रो पौरख हाम्रो कर, राष्ट्र निर्माणको दीगो भर’ भन्ने नाराका साथ शुक्रबार छैठौं राष्ट्रिय कर दिवस मनाइएको छ ।

तस्बिरहरु: दीपेश श्रेष्ठ

प्रकाशित: १ मंसिर २०७४ ११:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App