६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कलाकारसँग यती डिस्टिलरीको साझेदारी

यती डिस्टिलरी प्रालिले पौभाः कलाकार लोक चित्रकारसँग सहकार्यको घोषणा गरेको छ। चित्रकारले कोरेको बाह्रै महिना फुल्ने फूललाई जनाउने कलाकृति ‘बाह्रमासे फूलहरू’ ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड ह्विस्कीका लागि रचना गरेका हुन्।

फूलहरू ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्कीको बोटलमा प्रिन्ट गरिएको छ। यो ह्विस्की आठ हजार बोटल मात्र सार्वजनिक गरिएको छ। बोटलहरू सोमबारदेखि काठमाडौं उपत्यका वरपर अधिकतम खुद्रा मूल्य चार हजार नौ सय ९९ रूपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

ओल्ड दरबार एक्स लोक चित्रकार यती डिस्टिलरीले विख्यात नेपाली कलाकारसँग गरेको यस प्रकारको दोस्रो रचनात्मक सहकार्य हो। सन् २०२२ मा कम्पनीले ८८४८ राइभोड्का एक्स छिरिङ शेर्पा लिमिटेड एडिसन बोटलका लागि कलाकार छिरिङ शेर्पासँग सहकार्य गरेको थियो।

लिमिटेड एडिसन बोटलबाहेकको ओल्ड दरबार ट्वेल्भ इयर्स ओल्ड ब्लेन्डेड स्कच ह्विस्की पनि ४,५७५ खरिद मूल्य राखी बजारमा उपलब्घ गराएको कम्पनीले जनाएको छ। यती डिस्टिलरीले ओल्ड दरबार ह्विस्की, ८८४८ भोड्का जस्ता प्रिमियम ब्रान्डका मदिरा उत्पादन गर्दै आएको छ।

प्रकाशित: १ कार्तिक २०८० ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App