५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

अनलाइनबाट गाडी भाडामा लिन ‘सजिलो रेन्टल’

नेपालमै पहिलो पटक अनलाइन गाडी रेन्टको सुविधा प्रदान गर्दै आएको ‘सजिलो रेन्टल’ मोबाइल एप वा वेबसाइट मार्फत ग्राहकले आफूलाई आवश्यक परेको समयमा गाडी भाडामा लिन र सवारी धनीले सजिलै गाडी भाडामा दिन सक्ने बताएको छ।

सजिलो रेन्टल एपले गाडी आवश्यक भएका ग्राहकलाई सफा, स्वच्छ र आरामदायी कार, जीप, हायस, कोस्टर तथा पर्यटकीय बसहरू सजिलो गरी उपलब्ध गराउँदै आएको जनाएको छ। यसै क्रममा ग्राहकले नजिकिँदै गरेको दशैंमा सजिलो रेन्टरलबाट पनि सेवा लिन र दिन सकिने कम्पनीले जनाएको छ।

परिवार तथा इष्टमित्रसँग कतै घुम्न जानुपर्‍यो भने गाडी रिजर्भका लागि द्विविधामा परी अलमल हुन्छन्, मानिसले भोग्ने यस्तै समस्या समाधानका लागि सजिलो रेन्टलको विकास गरेको कम्पनीका संस्थापक दामोदर फुयाँल (प्रज्वल) ले बताए।

सजिलो रेन्टलले नेपालमा बस्ने मानिसलाई मात्रै नभई विदेशबाट नेपाल फर्किने तयारीमा रहेकाहरूलाई पनि सेवा दिने कम्प्पनीले जनाएको छ। कम्पनीले नेपालका सातै प्रदेशका प्रमुख सहरहरू पोखरा, चितवन, बुटवल, धनगढी, नेपालगञ्ज, इटहरी, बिर्तामोड र काठमाडौंमा सेवा प्रदान गर्दै आइरहेको छ।

सजिलो रेन्टलका ग्राहकले परम्परागत शैलीमा गाडी मिलाइ दिने ब्रोकरलाई अनावश्यक रकम भुक्तानी गर्नु पर्दैन भने वित्तीय पारदर्शिता पनि प्रवद्र्धन गर्ने योजना रहेको व्यवस्थापक जनार्दन गौतमले बताए। पछिल्लो समय कम्पनीले ‘कारपुल’ को समेत व्यवस्था गरेको छ।

कारपुल भनेको गाडी यात्राको साझेदारी हो, जसमा एकभन्दा बढी व्यक्तिले न्यूनतम मूल्यमा यात्रा गर्न पाउँछन्। यो अवधारणा नेपालमा कोभिड र नाकाबन्दीको समयमा चलेको थियो। कारपुल सेवा अन्तर्गत ग्राहकले सजिलै आफ्नो गन्तव्यमा पुग्न सोही ठाउँमा जाने योजना बनाएका मानिसका बीचमा सम्पर्क गराउँछ।

यो सुविधा प्रयोग गर्दा यात्रुले कम्पनीलाई कुनै शुल्क बुझाउन पर्दैन। कारपुलको मुख्य फाइदा निरन्तर यात्रा गरिरहने यात्रुलाई हुन्छ। यो सेवा लिँदा यात्रा गरिराख्ने यात्रुले बजारमा गएर गाडी छान्नुपर्ने तथा गाडी समयमा नआउँदा पर्ने मानसिक तनाव पनि बेहोर्नु नपर्ने हुन्छ।

सञ्चालनमा आएको डेढ वर्षमा कम्पनीले नेपालभरि करिब तीन हजार गाडीहरूबाट सेवा प्रदान गरिरहेको जनाएको छ। विश्व प्रविधिमैत्री भइरहँदा सहज तरिकाबाट गाडी भाडामा लिने र दिने प्रवृत्तिको विकासका लागि सजिलो रेन्टल मोबाइल एप सञ्चालनमा आएको हो।

प्रकाशित: २१ आश्विन २०८० ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App