१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सामसङको चाडबाड अफर

आगामी दशैं-तिहारको अवसरमा सामसङले ‘रमाइलो दशैं तिहार, मायाले भरौं घर परिवार’ योजना ल्याएको छ।

योजनाअन्तर्गत सामसङको टेलिभिजन सेट र होम अप्लायन्सहरू ४१ प्रतिशतसम्मको छुट रहेको छ। उक्त योजनाबाट यस चाडपर्वको मौसममा ग्राहकहरूको घर हर्ष र खुसीयालीले भर्ने उद्देश्य कम्पनीको रहेको छ।

योजनामा सामसङको टिभी, रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक रेन्जलाई समावेश गरेको र यसमा आकर्षक क्यासब्याक अफरका साथ सामसङका नयाँ लन्चहरू पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

योजना अनुसार ग्राहकले कुनै पनि सामसुङको नयाँ टिभी खरिद गर्दा तीन वर्षको वारेन्टी पनि पाउनेछन्। साथै सामसुङको कुनै पनि नयाँ टिभीसँग टी ४००, बी ४५०, ए ४५०, टी ४२० र एमएक्स–टी ५० लगायत कुनै पनि साउन्डबारको खरिद गर्दा बन्डल छुट पाउनेछन्।

यस्तै सामसुङको नियो क्युएलइडी टिभी खरिद गर्दा ४१ हजार ६ सय रूपैयाँको बी ४५० साउन्डबार सित्तैमा पाउनेछन्। यसको साथै कम्पनीले फ्रिजको डीआइटी कम्प्रेसर र वासिङ मेसिनको डीआइटी मोटरमा २० वर्षको वारेन्टी प्रदान गरेको छ।

सामसङले उक्त योजना सबै ग्राहकको लागि सरल बनाउन झन्झट रहित शून्य प्रतिशत ब्याज भएको इएमआइ तथा फ्री इन्सटलेसन जस्ता सुविधा पनि प्रदान गरेको जनाएको छ। कम्पनीका अनुसार मंसिर ४ सम्म रहेको उक्त योजना नेपालमा सामसङका आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारले उपलब्ध गराएको हो।

प्रकाशित: १६ आश्विन २०८० ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App