११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिला उद्यमी महासंघको अध्यक्षमा शोभा ज्ञवाली

महिला उद्यमी महासंघ नेपाल (एफविन)को अध्यक्षमा शोभा ज्ञवाली निर्वाचित भएकी छन्।आज आयोजित महासंघको २०औ साधारण सभा तथा नवौँ महाधिवेशनबाट अध्यक्षमा ज्ञवाली निर्विरोध निर्वाचित भएकी हुन्।

अहिलेसम्म महासंघमा प्रथम उपाध्यक्ष रहेकी ज्ञवाली नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्य समेत छिन्। अध्यक्ष ज्ञवालीसहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको महासंघले जनाएको छ।

ज्ञवाली नेपाल रिपब्लिक मिडियाकी निर्देशक हुन। महिला उद्यमी महासंघको महा सचिवमा कुन्नम पोखरेल, सचिवमा सुमित्रा पलाञ्चोके र कोषाध्यक्षमा सविता सुवेदी चयन भएका छन्।

प्रकाशित: २२ भाद्र २०८० १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App