६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति निराशाजनक

फाइल तस्वीर

गत आर्थिक वर्ष गौरवका आयोजनामध्येको सडक आयोजना वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति गर्न असफल देखिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा सडकका गौरवका आयोजनाले वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति गर्न असफल देखिएका छन्।

गत आवमा मन्त्रालयको समष्टिगत पुँजीगत खर्च ६४.५८ प्रतिशत भए पनि सडकका गौरवका आयोजनाको वार्षिक विनियोजित खर्च भने समष्टिगत मन्त्रालयको भन्दा धेरै देखिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीर्माजुन अधिकारीले गत आर्थिक वर्षमा सडकका गौरवका आयोजनाले वार्षिक विनियोजित बजेटको खर्च सन्तोषजनक ढंगले गरेको बताए।

‘गत आवमा सडकका गौरवका आयोजनाले वार्षिक विनियोजित बजेट अनुसारकै खर्च गरेका छन्,’ उनले भने, ‘वार्षिक लक्ष्य अनुसारको भौतिक प्रगति हासिल गर्न नसके पनि वित्तीय खर्च गर्न भने सफल देखिएका छन्।’

गत आवमा मन्त्रालयको समष्टिगत पुँजीगत खर्च ६४.५८ प्रतिशत भए पनि सडकका गौरवका आयोजनाको वार्षिक विनियोजित खर्च भने समष्टिगत मन्त्रालयको भन्दा धेरै देखिएको छ।

आर्थिक वर्ष २०७९/८० मा पुष्पलाल (मध्यपहाडी) लोकमार्गको लागि ७ अर्ब ५८ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो। सो लोकमार्गको गत आवको असार मसान्तसम्मको अवधिमा कुल विनियोजित बजेटको ७८.०१ प्रतिशत अर्थात् ५ अर्ब ९१ करोड ६१ लाख रूपैयाँ खर्च गरेको छ।

पुष्पलाल लोकमार्गले गत आवमा ३५७ किलोमिटर सडक कालोपत्रे र १८ पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा लोकमार्गले १४३ किलोमिटर सडक कालोपत्रे र ९ वटा पुल निर्माण सम्पन्न गरेको छ।

गत आवमा लोकमार्गले वार्षिक लक्ष्यको ७३.६८ प्रतिशत भौतिक प्रगति गरेको छ। गत आर्थिक वर्षमा कालीगण्डकी कोरिडोरअन्तर्गतको बेनी जोमसोम सडक खण्डले पनि वार्षिक विनियोजित बजेटको ८५.७५ प्रतिशत वित्तीय खर्च गरेको छ। सो आवमा ६० करोड बजेट विनियोजन गरिएकोमा सो अवधिमा ५१ करोड रूपैयाँ खर्च गरेको छ।

बेनी जोमसोम सडक खण्डले गत आवमा २० किलोमिटर सडक कालोपत्रे र ५३ किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा लक्ष्य अनुसारको सडक कालोपत्रे र ग्राभेल गर्न चुक्यो। यद्यपि सो अवधिमा ७ किलोमिटर सडक कालोपत्रे र २४ किलोमिटर सडक ग्राभेल गरेको छ। दुई वटा पुल पनि निर्माण सम्पन्न भएको छ। योजनाले सो अवधिमा वार्षिक लक्ष्यको ९४ प्रतिशत भौतिक प्रगति गरेको छ।

पुष्पलाल लोकमार्गले गत आवमा ३५७ किलोमिटर सडक कालोपत्रे र १८ पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो। सो अवधिमा लोकमार्गले १४३ किलोमिटर सडक कालोपत्रे र ९ वटा पुल निर्माण सम्पन्न गरेको छ।

गत आवमा नै कालीगण्डकी कोरिडोर अन्तर्गतको गैंडाकोट-राम्दी-मालढुंगा सडक खण्डले पनि वार्षिक लक्ष्य अनुसार नै भौतिक र वित्तीय उपलब्धि हासिल गरेको छ। २ अर्ब ८६ करोड रूपैयाँ बजेट विनियोजन गरिएकोमा सो अवधिमा २ अर्ब ६१ करोड रूपैयाँ अर्थात् कुल विनियोजित बजेटको ९९.५ प्रतिशत वित्तीय उपलब्धि हासिल गरेको छ भने भौतिक प्रगति भने शत प्रतिशत भएको छ। गैंडाकोट-राम्दी-मालढुंगा सडक योजनाले गत आवमा ७५ किलोमिटर सडक कालोपत्रे र ग्राभेल ४५ किलोमिटर गर्ने वार्षिक लक्ष्य राखेको थियो।

सो अवधिमा भने ६८ किलोमिटर सडक कालोपत्रे र २० किलोमिटर सडक ग्राभेल गरेको छ। सो अवधिमा १४ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोमा सो अवधिमा ७ वटा पुल तयार भएका छन्। गत आर्थिक वर्षमा हुलाकी राजमार्गले २५० किलोमिटर सडक र १६ वटा पुल निर्माण गर्ने वार्षिक लक्ष्य राखेको थियो। आयोजनाले सो अवधिमा १४८ किलोमिटर सडक र १६ वटा पुल निर्माण सम्पन्न गरेको छ।  

प्रकाशित: २१ श्रावण २०८० ०२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App