६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकलाई युरोमनी अवार्ड

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा गरेको उदाहरणीय सेवा र व्यवसायको लागि ‘युरोमोनी अवार्ड फर एक्सिलेन्स २०२३’ बाट सम्मानित भएको छ।

युरोमनी बेलायतको अन्तर्राष्ट्रिय वित्तीय प्रकाशन हो। बैंक यो अवार्ड तेस्रो पटक सम्मानित भएको हो।

यसअघि सन् २०१८, २०२१ मा पनि प्राप्त गरेको थियो। वार्षिक कार्यसम्पादन, रणनीतिक वृद्धि, ग्राहकमैत्री सेवा र शाखारहित बैंकिङ सेवा उपलब्ध गराएकै कारण नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडलाई युरोमनीले सम्मानित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा जनाएको छ। 

प्रकाशित: १० श्रावण २०८० ०३:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App