७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्टस’ र ‘रिफरल स्किम’ योजना

मर्चेन्ट बैंक र प्रभु क्यापिटलले आफ्ना सेवाग्राहीका लागि ‘लोयल्टी पोइन्टस’ र ‘रिफरल स्किम’ योजना सार्वजनिक गरेको छ। प्रभु क्यापिटल डिजिटल एप रिफर गरी साथै प्रभु क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई सेवाग्राहीले लोयल्टी पोइन्ट्स प्राप्त गर्न सक्ने क्यापिटलले जनाएको छ। 

सेवाग्राहीले पोइन्ट्स आफ्नो डिम्याट तथा मेरो सेयर नवीकरण गर्नुका साथै प्रभु क्यापिटलसँग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ। ग्राहकलाई छिटो, छरितो तथा सहज तरिकाले सेवा दिने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकको लागि विशेष लोयल्टी पोइन्टस् अफर ल्याएको जनाएको छ। 

प्रकाशित: २ श्रावण २०८० ०४:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App