४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच सम्झौता

सिटिजन्स बैंक र दरबारमार्गको होटल ठमेल हाउसबीच बैंकका कार्डबाहक ग्राहकलाई छुट दिने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका कार्डबाहकले होटल ठमेल हाउसमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र उनीहरूलाई नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।  

बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

प्रकाशित: १९ असार २०८० ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App