६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

शिवम् सिमेन्टका कार्यकारी निर्देशक मारु सम्मानित

इन्टरनेसनल एचिभर्स कन्फरेन्सद्वारा आयोजित अवार्ड कार्यक्रममा शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन्। उनी ‘आउटस्ट्यान्डिङ इन्टरनेशनल लिडरसिप एचिभर्स अवार्ड–२०२३ बाट सम्मानित भएका हुन्।

मारु शिवम् सिमेन्टको स्थापनाकाल देखि नै निर्देशकको रूपमा कार्यरत थिए। वितग लामो समय देखि निरन्तर व्यावसायिक क्षेत्रमा सक्रिय भएर लागिपरेका उनले कुशल नेतृत्वका साथ संस्था सञ्चालनमा अब्बल व्यक्तित्वको रूपमा पहिचान बनाइसकेका छन्।

इन्टरनेसनल एचिभर्स कन्फरेन्सको प्रमुख लक्ष्य भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका औद्योगिक क्षेत्रहरूलाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने, विभिन्न राष्ट्रका महत्वपूर्ण योगदान पुर्याएका उत्कृष्ट उद्योगीको छनौट गरी पुरस्कार वितरण गर्ने र अन्तर्राष्ट्रिय प्रतिनिधीहरूसँग समन्वय गराइ व्यापार विस्तारको अवसर प्रदान गर्ने जस्ता कार्य गर्दै आइरहेको छ।

 

प्रकाशित: १२ असार २०८० ०३:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App