४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ११.६९ अंकले वृद्धि

साताको दोस्रो कारोबारको दिन सोमवार पनि नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ।

आइतबार ६२.२१ अंकले बढेको नेप्से परिसूचक सोमवार ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.९९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंकले बढेको छ।

सोमबार कारोबारमा आएका २७९ कम्पनीको १ करोड १९ लाख ३ हजार कित्ता शेयर ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। आइतबारको तुलनामा सोमबार कारोबार रकम भने गिरावट आएको छ। आइतबारको तुलनमा करिव १ अर्ब बढीले गिरावट आएको हो। आइतबार ६ अर्ब ४९ करोड ४ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो।

आइतबारको कारोबारमा नेप्सेका १३ उपसमूह मध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमा जलविद्युत,जीवन बीमा,निर्जीवन,अन्य र व्यापार  उपसमूहको परिसूचकमा गिरावट आएको छ। माइक्रोफाइनान्स उपसमूहको परिसूचक सबै भन्दा बढी ३.९९ प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको परिसूचक ३.११ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक ११.६९ अंकले बढेसँगै हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,विपीओ वित्तीय संस्था लगायत अन्य सात वटा कम्पनीको ९.९९ले प्रतिशतले बढेको छ। तर यता सुपर म्यादी हाइड्रो पावर कम्पनीको ६.९४ प्रतिशतले मूल्य गिरावट आएको छ। सोमबारको कारोबारमा शिवम सिमेन्ट्स कम्पनीको  ४२ करोड ५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।  

प्रकाशित: ११ असार २०८० १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App