१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

लुम्बिनीमा अन्तर्राष्ट्रिय बुद्धिष्ट ट्राभल मार्ट सुरु

विश्वभरका पर्यटकलाई गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

मार्टको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरूले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि वातावरण निर्माण गर्ने तथा ट्राभल कम्पनीहरूलाई लुम्बिनीलाई केन्द्रमा राखेर टुरप्याकेज निर्माण गर्नुपर्नेमा जोड दिए।

मार्टको बिहीबार लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय (अवधेश कुमार त्रिपाठी) ले उद्घाटन गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल (नाट्टा) को संयोजनमा लुम्बिनीमा ३ दिने मार्ट सुरु भएको हो। बिहान मायादेवी मन्दिरमा दीप प्रज्वलन र ध्यान गरेपछि शुभारम्भ भएको मार्टको उद्घाटन पवन प्यालेसमा भएको छ।

विश्वभरका पर्यटकलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमणको निम्तोसहित दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२३ सुरु गरिएको छ।

उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बुुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे। उनले गौतमबुद्धले महापरिनिर्वाण हुुनुअघि जीवनमा एकपटक भए पनि बुद्धजन्मस्थल लुम्बिनी पुुग्दा पुण्य प्राप्त हुने शिक्षा दिएको प्रसंग उल्लेख गर्दै विश्भरका बौद्धमार्गीहरूले लुम्बिनीबाटै यात्रा थालनी गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिडका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई बुद्धजन्मस्थल लुम्बिनीबाट चलायमान बनाउन दोस्रो बुद्धिष्ट अन्तर्राष्ट्रिय ट्राभल मार्टको आयोजना गरिएको बताए। उनले नेपालको लागि बुद्ध र जन्मस्थल लुम्बिनी विश्वमा परिचित भएकाले यस मार्फत विश्वभरका पर्यटकलाई निम्तो दिइएको बताए।

उद्घाटन समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बुद्धजन्मस्थल लुम्बिनीबाट भ्रमण तालिका बनाउन आग्रह गरे।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव धनबहादुर ओलीले विमष्टेक क्षेत्रका देशलाई लुम्बिनीसँग जोडेर गतिविधि सञ्चालन गर्न सके लुम्बिनीमा पर्यटकीय गतिविधि बढाउन सकिने उल्लेख गर्दै आफूहरूले पनि विमष्टेक देहरूसँग बुद्धिष्ट पर्यटन प्रवद्र्धनको लागि पहल गरिरहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनञ्जय रेग्मीले लुम्बिनीको समग्र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनीमा मार्टको आयोजना गरिएको जानकारी दिए। उनले मार्टमा सहभागी विभिन्न देश तथा क्रेता र बिक्रेताहरूको उपस्थितिले लुम्बिनीको पर्यटन चलायमान हुने बताए।

कार्यक्रममा होटल एशोसियशन नेपाल (हान) का अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष रमेश थापा लगायतले लुम्बिनी आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको अवस्थामा यस प्रकारका कार्यक्रमले यस क्षेत्रको पर्यटन थप चलायमान हुने अपेक्षा गरे।

मार्टमा नेपालसहित भारत, मलेसिया, चीन, कोरिया, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायत देशहरूबाट २८ वटा ट्राभल/टूर कम्पनीहरू सहभागी भएका छन्।

कार्यक्रममा होटल एशोसियशन नेपाल (हान) का अध्यक्ष विनायक शाह, नाटाका अध्यक्ष रमेश थापा लगायतले लुम्बिनी आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको अवस्थामा यस प्रकारका कार्यक्रमले यस क्षेत्रको पर्यटन थप चलायमान हुने अपेक्षा गरे।

मार्टमा विदेशी ट्राभल/टुर कम्पनीका प्रतिनिधीहरू, नेपाल सरकारका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका अधिकारीहरू, नाटा सदस्य कम्पनी पर्यटन सम्बद्ध संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधीहरूको सहभागिता छ।

शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरू द्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले जानकारी दिए। यो मार्टमा प्रस्तुत कार्यपत्र तथा छलफलका माध्यमबाट नेपालको लुम्बिनी लगायत वुद्धिष्ट सर्किटको विश्वव्यापी प्रचार प्रसार तथा नेपाललाई पर्यटकीय हब बनाउने बारेमा निष्कर्ष निकालिने जानकारी दिए।

शनिबारसम्म सञ्चालन हुने मार्टमा स्वदेशी तथा विदेशी विज्ञहरू द्वारा कार्यपत्र प्रस्तुतिसहितको सेमिनारको आयोजना गरिएको नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले जानकारी दिए।

कार्यक्रममा जर्मनका विज्ञ प्रोफेसर म्याक्स डिंग, बंगलादेशका मोहोदिन हिला, एवम् अष्ट्रेलियाबाट विज्ञ किरन अजित सहभागी छन्। सम्मेलनले लुम्बिनीमा पर्यटकलाई आकर्षित गर्न टेवा पुग्ने विश्वास लिइएको छ। 

प्रकाशित: २९ वैशाख २०८० ०१:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App