६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

लिलाम नहुँदा कवाडी बन्दै सवारी साधन

२ वर्ष देखि सुठौली भन्सार कार्यालयमा थन्किएको सवारी साधनहरु लिलामी नहुँदा कवाडी बन्दै गएको छ। 

बिभिन्न समयमा सुरक्षाकर्मीले पक्राउ गरी बुझाएको सवारी साधन अहिले भन्सार परिसरमा थन्किएका छन। सवारी साधन लिलामी नहुँदा कवाड बन्दै गएको हो।

भन्सारमा हाल १ सय ६६ वटा मोटरसाइकल, २ वटा अटो, १ ट्याक्टर, २ वटा कार र २ वटा पिक अप जीप रहेको सुठौली भन्सार कार्यालयका प्रमुख चुरा बहादुर सर्तुङ्गीले जानकारी दिए।उनले जेठ महिना भित्र सबै सवारी साधनको लिलामी गर्ने प्रक्रियामा रहेको पनि बताए।

 बुटवलको हेभी ईक्युपमेन्ट कार्यालयबाट मेकानिकल इन्जिनियर बोलाएर प्राविधिक मूल्याङ्कनको काम भईरहेको भन्सार प्रमुख सर्तुङ्गीले बताए। ‘ प्राविधिक मूल्याङ्कन पछि एक हप्ता भित्रै गाडीहरूको लिलामीका लागि सुचना निकाल्ने तयारीमा छौ ’ उनले भने।

प्रकाशित: २७ वैशाख २०८० १०:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App